नियम १५
फाँटवालाको काम र कर्तव्य
प्रचलित कानूनमा र यस नियमावलीमा अन्यत्र उल्लेख भएको काम कर्तव्यका अतिरिक्त फाँटवालाको काम र कर्तव्य देहाय बमोजिम हुनेछन्‌ - (क अदालतमा दर्ताको लागि पेश भएका लिखतहरुमा रीत पुगे नपुगेको जाँची दर्ता गर्नुपर्ने देखिएमा सम्बन्धित अधिकारीसमक्ष पेश गर्ने,

२(क१) मुद्दामा तोकिएको मार्गसमूह बमोजिमको विवरण सफ्टवेयरमा प्रविष्ट गरी प्रमाणित कार्यतालिकामा पक्षहरूको सहीछाप गराई मिसिल संलग्न राख्ने र सोको एकप्रति सम्बन्धित पक्षलाई उपलब्ध गराउने ।

(क२) मुद्दामा तोकिएको मार्गसमूहपरिवर्तन वा कार्यतालिका परिमार्जन गर्नु पर्ने देखिएमा सुपरीवेक्षक मार्फत स्रेष्तेदार समक्ष पेश गर्ने लगायतका अन्य आवश्यक कार्यहरू गर्ने।

(क३) मुद्दामा निर्धारित कार्यतालिका अनुसार कार्य सम्पन्न गर्ने।

(ख) अदालतमा दर्ता भएका लिखतहरू बुझिलिने, मुद्दाको मिसिलको तायदाती फाराम बनाई क्रमसङ्ख्या अनुसार लिखतहरू चढाउने,

(ग) मुद्दामा भएका आदेशानुसार समयमै पक्राउ पूर्जी, समाह्वान, इतलायनामा, म्याद वा सूचना जारी गरी तामेल गराउने,

(घ) मुद्दामा भएका आदेशानुसारको कार्य यथाशीघ्र सम्पन्न गर्ने,

(ङ) आफ्नो जिम्माको मिसिल कागजातहरु र अभिलेखहरु सुरक्षित रुपमा राख्ने,

(च) - मुद्दाका पक्ष लगायतका सरोकारवालाहरुलाई समयमै गुणस्तरीय सेवा प्रवाह गर्ने,

(छ) आफ्नो फाँट सम्बन्धी तथ्याङ्क समयमै सफ्टवेयरमा प्रविष्ट गरी अद्यावधिक गर्ने,

(ज) न्यायाधीश, स्रेस्तेदार र सम्बन्धित अधिकारीको आदेश बमोजिमका कार्यहरु सम्पन्न गर्ने,

(झ) फाँटवालाले आफ्नो फाँटबाट सम्पादन गर्नुपर्ने अन्य कार्यहरु गर्ने गराउने ।